back
stc
prabhu insurance

साफ यू–२० : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज आयोजक बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५स्४५ बजे सुरु हुनेछ ।

बंगलादेश विरुद्ध मैदान उत्रँदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली विरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन ।

तर, नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीविरुद्ध कडा टक्कर दिने बताएका छन् । बङ्गलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने दाबी गर्छन् ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३१ ले हराएको थियो ।