अपि पावरको साधारणसभाबाट लाभांश र हकप्रद पारित
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको १९औं वार्षिक साधारणसभा बैठकले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्वीकृत प्राप्त गरिसकेको छ ।
त्यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
वि.सं.२०७९ फागुन १५ १३:२८




















