back
stc
prabhu insurance

चैत्र १० गते साल्ट ट्रेडिङ कर्पोरेसनको ५६ ओैं बार्षिक साधारण सभा हुने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो फागुन १४ गते बसेको बैठकले वार्षिक साधारण सभा आगामी २०७९ चैत १० गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बताइएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्ने भएको छ। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश करसहित रहेको छ। सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्ने बताइएको छ।

कम्पनी ऐन, २०६३को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिन स्वीकृतउपर छलफल गरी सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले यही फागुन २६ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने बताइएको छ।