राष्ट्र बैंकको निर्देशनपछि आशा लघुवित्तले लाभांश दर घटायो
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश दर संशोधन गरेको छ । कम्पनीले अब चुक्ता पुँजीको १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी जम्मा १५५ मात्र लाभांश वितरण गर्ने भएको छ ।
नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो । यसअघि भने माघ २३ गते बसेको आशाको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

वि.सं.२०७९ फागुन १६ १०:४७



















