back
stc
prabhu insurance

कुमारी बैंकको २ लाख ९६ हजार कित्ता संस्थापक सेयर लिलामी खुला

काठमाडौं । कुमारी बैंकले आज फागुन १६ गते मंगलबारदेखि २ लाख ९६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन ३० गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन चैत १ गते बिहान १० बजे कुमारी क्यापिटलमा खोलिनेछ ।