back
stc
prabhu insurance

लघुवित्तले १५% बढी ब्याज लिएको भए गुनासो गर्नुहोस् ; राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए गुनासो गर्न गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गरी यदि लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिएको गुनासो गर्न आग्रह गरेको हो ।

सूचनामा लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जाको ब्याजदरमा १५ प्रतिशत को क्याप लगाएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार कुनै पनि लघुवित्तको ब्याजदर १५ प्रतिशत भन्दा माथि छैन ।

‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ, हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन, लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ’ केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकलाई ‘क’ वर्ग, विकास बैंकलाई ‘ख’ वर्ग, फाइनान्स कम्पनीलाई ‘ग’ वर्ग र लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका संस्था हुन् । यी संस्थाहरु नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् ।

सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक रहेको बताएको छ ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले धेरै ब्याजदर लिएको आरोप लागेसँगै केन्द्रीय बैंकले उक्त सूचना जारी गरेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु र सहकारीहरुले विभिन्न र्शीषकमा लिएको कर्जालाई लिएर लघुवित्त कम्पनीहरुको बदनाम गरिएको आरोप लघुवित्त कर्मीहरुले लगाउँदै आएका छन् ।