back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेसन चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८८ लाख ३५ हजार रुपैयाँ खुद नाफा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको भन्दा ४७.७८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा यसले १ करोड २७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।कर्पोरेसनको बिक्री आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँबाट घटेर ३ अर्ब ४५ करोडमा झरेको छ । बिक्री आम्दानी गत वर्षको भन्दा घटेको छ ।

यता, कर्पोरेसनको ब्याज खर्च पनि घटेको छ । जसका कारण यसको नाफा बढेको हो । ब्याज खर्च २५ करोड ६८ लाख रुपैयाँबाट घटेर १५ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।

यसको प्रशासनिक खर्च १० करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ३५ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

यसको जगेडा कोषमा १ अर्ब ३२ करोड ९१ लाख रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिकीकरण) १४ रुपैयाँ ८६ पैसा रहेको छ। यसको प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८५ पैसा छ।