back
stc
prabhu insurance

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन–एएनआर विमानको इन्जिनमा आगो देखिएपछि काठमाडौँ फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

उक्त घटनापछि प्राधिकरणले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो ।

सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।