नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रुपैयाँ २९ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको छ।
त्यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ५० पैसा र बिक्री दर १५६ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
वि.सं.२०७९ फागुन २६ ०७:०३




















