back
prabhu insurance
himalayanlife

स्ववियु निर्वाचन: आज मनोनयन पत्र बितरण हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ। गत फागुन १९ गतेवाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र बितरण कार्यक्रम हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो। भोलि अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ।