back
stc
prabhu insurance

सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने

काठमाडौँ। सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ। सर्वोत्तमले आफ्नो जारी पुँजी मध्ये १२.६६३ प्रतिशत सेयर निष्कासन गर्ने भएको हो।

आईपीओ जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलकातर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट हस्ताक्षर गरेका छन्।

सौरभ ग्रुपद्धारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ।