back
stc
prabhu insurance

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २० पैसा र बिक्री दर १४२ रुपैयाँ ८५ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८० पैसा र बिक्री दर १६२ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।