back
stc
prabhu insurance

बैशाख १८ गते एशियन लाइफले डाक्यो १५औं वार्षिक साधारण सभा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले १५औं वार्षिक साधारण सभा बैशाख १८ गते गर्ने भएको छ । उक्त सभा बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा गर्ने भएको छ । कम्पनीको चैत २३ गते बसेको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आथिृक वर्ष २०७८र ७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन, सहित असार मसान्तसम्मको हिसाब, नाफा नोक्सान, वासलात लगायतको विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखा परिक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । बोनश शेयरपछि जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई  वृद्धि गरी ६ अर्ब  कायम गर्न  प्रबन्धपत्र संशोधन गर्ने लगायतको प्रस्ताबहरु परित गर्नेछ । कम्पनीले व्यवसायीक रुपमा भाडामा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ ९क० मा संशोधन गर्ने प्रस्ताब परित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि २०८० बैशाख ८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण बैशाख ७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् भने साभामा भाग लिन समेत योग्य हुनेछन् ।