back
stc
prabhu insurance

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा बढ्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा खुद नाफा १७.१२ प्रतिशतले बढेर १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा यस माइक्रोफाइनान्सको वितरणयोग्य नाफा १६ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

यस लघुवित्तको कर्जा लगानी र सापटि रकम दुवै घटेको छ । यता, खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी ३.४२ प्रतिशत र सञ्चालन नाफा १०.६८ प्रतिशतले बढेको छ । फर्स्टको प्रतिसेयर आम्दानी भने ३७ पैसाले घटेर २२ रुपैयाँ ६० पैसा कायम भएको छ ।