back
stc
prabhu insurance

आज युनियन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा

काठमाडौं ।  आज वैशाख ६ गते युनियन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा बस्दै छ। कम्पनीको मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले आज विशेष साधारण सभा बोलाएको हो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिकको चैत १९ गते बसेको बैठकले आज अर्थात वैशाख ६ गते टाइगर प्यालेस भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजेसभा बोलाएको छ।

यस विशेष सभाले युनियन लाइफ, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

तीन कम्पनीबीच एक आपसमा गाभिए पश्चात बन्ने ू हिमालयन लाइफ इन्स्योरेन्सूको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी  मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

तीन कम्पनी गाभिए पश्चात बन्ने नया कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं १ मा रहेनेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २७ गते एक दिनको लागि बुक क्लोज गरेको थियो।