back
stc
prabhu insurance

साल्ट ट्रेडिङको ५६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५६औँ वार्षिक साधारण सभाले सात जना सञ्चालक समिति सदस्य चयन गरेको छ ।

चैत्र १० गते शुक्रवार साँझ सम्पन्न साधारण सभाले १५ प्रतिशत लाभांस वितरण गर्ने सहित ७ जना सञ्चालक समितिसमेत चयन गरेको थियो ।

सो साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा नियुक्त गरेको छ । जसमा प्रदीपलाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, अञ्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शंकर प्रसाद श्रेष्ठ रहेका छन् ।

यसैगरी कर्पोरेशनले सेयर सदस्यहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाण्टेण्टसलाई पुनः नियुक्ति दिने निर्णय गरेको छ ।