back
stc
prabhu insurance

कृषि विकास बैंकको भिसा डाइरेक्ट सेवा शुरु

काठमाडौं । कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा शुरु गरेको छ ।

यो सुविधाले भिसा इन्टनेशनलको भिसा डाइरेक्ट सेवा विश्वका १७९ देश तथा १६० विदेशी मुद्राबाट रकमान्तर गर्न सकिने भएको छ ।

यो सेवा कार्यान्वयनमा आएसंगै विश्वभर Visa Card Holder ले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर सो ग्राहकको खातामा सोझै रकम पठाउन सकिने बैंकले जनाएको छ ।

भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।

यो सेवा संचालनमा आए पश्चात विश्वभरबाट विना झण्झट सहज र सुरक्षित तरिकाले बैकमा रेमिट्यान्स भित्र्याउन सहज हुने बैकले विश्वास लिएको छ ।

बैंकका अनुसार भिसा इन्टनेशनलको भिसा डाइरेक्ट सेवा विश्वका १७९ देश तथा १६० विदेशी मुद्राबाट रकमान्तर गर्न सकिने छ ।

यो सेवा बैकल्पिक रुपमा विदेशमा रहेका आफन्तजनहरुबाट नेपालमा रकम स्थानान्तरणका लागि भरपर्दो सेवा हुने बैकले जनाएको छ ।

यो सेवा संचालन पश्चात बैकको रेमिट्यान्सको आप्रवाहको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको भिसा कार्ड वाहकको खातामा रकम पठाउन सकिने व्यवस्था भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।