back
prabhu insurance
himalayanlife

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउसमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँको पानी पोखरीमा रहेको शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर का विभिन्न सेवाहरूमा विशेष १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।