विद्युत् उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त
काठमाडौँ । विद्युत् उत्पादन कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा बखत बहादुर शाही नियुक्त भएका छन् ।
कम्पनीको सीईओ छनौटको दौडमा ६ जना थिए । त्यसमध्येबाट शाही सीईओमा नियुक्त भएका हुन् ।
कम्पनीको सीईओको दौडमा छविराज पोख्रेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, बखत बहादुर शाही, रणबहादुर थापा र राजु श्रेष्ठ थिए । उनीहरुलाई बुधबार बिहान र बेलुका गरेर दुई सिफ्टमा अन्तरवार्ताका लागि बोलाइएको थियो ।
विद्युत् उत्पादन कम्पनीले किमाथांका अरुण, मुगु कर्णाली, नलगाढ, जगदुल्लाह लगायतका आयोजना बनाउँदै छ ।
यसअघि फुकोट कर्णाली समेत कम्पनीलाई नै बनाउने भनिएपनि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा एनएचपीसीले बनाउने सहमती भएको थियो ।
वि.सं.२०८० साउन १८ १४:५२



















