back
stc
prabhu insurance

राष्ट्रिय वाणिज्य बैंक र जाजरकोटको नलगाड नगरपालिकाबिच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोटको नलगाड नगरपालिकाबिच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने छ ।

नगरपालिकाले सिफारिस गरेका उद्यमीलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने बैङ्कले जनाएको छ ।