back
prabhu insurance
himalayanlife

प्रभु बैंकले शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । प्रभु बैंकले पुरानो लाभांश लिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंककले साविक सेञ्चुरी बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट, सेती फइनान्स लिमिटेडको विभिन्न साधारण सभाबाट पारित गरिएको नगद लाभांश लिन छुटेका शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।

शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा छुट भएका नगद लाभांश संकलन गर्ने आग्रह गरेको छ ।

साथै, नगद लाभांश लिन बाँकी रहेको सेयरधनीहरुको नाम सहित विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको समेत बैंकले जनाएको छ ।