back
stc
prabhu insurance

सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

काठमाडौं । सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।

सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।