back
stc
prabhu insurance

 नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि ४.२१% नगद लाभांश वितरण गरेको थियो ।