back
prabhu insurance
himalayanlife

सिद्धार्थ बैंकको करिब साढे ५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको करिब साढे ५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिद आवेदन ७ दिनभित्र दिनुपर्नेछ। आवेदक काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा पेस गर्नुपर्नेछ।

यसअघि उक्त शेयर ३५ दिनको समयसीमा दिएर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो।

तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको हो।