back
prabhu insurance
himalayanlife

 मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १५.७७५ ले बढ्यो

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १५ प्रतिशत बढीले बढेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३२ लाख १६ हजार ३८३ पुगेको छ।

अघिल्लो वर्ष पुससम्म यो संख्या २ करोड ५३ हजार ४२० थियो। यो हिसाबले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ वर्षको अवधिमा १५.७७ प्रतिशतले बढेको छ।

यो वर्षको पुससम्म मोबाइल बैंकिङबाट २ खर्ब ८२ अर्ब २४ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ।

अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६८।१९ प्रतिशतले बढेको छ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ३।७९ प्रतिशतले बढेर यो वर्षको पुससम्म १८ लाख २५ हजार ९२ मा पुगेको छ। अघिल्लो वर्ष पुससम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ६८ हजार ९३२ थियो।