back
stc
prabhu insurance

दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुद्ध हडतालमा उत्रने चेतावनी दिएका छन् ।

तलब सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् ।

वार्तामा सहमति हुननसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।

कामदारहरुले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरू सार्वजनिक प्रदर्शनीमा उत्रने तयारीमा छन् ।

‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौँ,’ मजदुर युनियनले भनेको छ । विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् ।