पेट्रोल लिटरमा ३ रुपैयाँ घट्यो
काठमाडौँ । सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भए अनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेलरमट्टितेलको १ सय ५३ पर्नेछ ।
यसअघि पेट्रोलको १ सय ७१ र डिजेलरमट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो ।नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्ति मार्फत जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।

वि.सं.२०८१ जेठ १८ २०:५८




















