back
stc
prabhu insurance

दरबारमार्गको क्यासिनो प्यालेसमा राजस्वको छापा

काठमाडौं । दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

कर छलीको आरोपमा उजुरी परेपछि छामा मार्न गएको टोलीले भारु गरेर डेढ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

१ करोड ६ लाख नेपाली र ४८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको विभागका प्रवक्ता नवराज अधिकारीले बताए ।

विभिन्न आकारका लकर ५ थान, १० थान मोबाइल, ल्यापटप र कम्प्युटर एक÷एक थान बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।