back
prabhu insurance
himalayanlife

वाइवाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सीजी फुड्स नेपालले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरुका लागि वाइ वाइको यो प्याकेट विशेष हुने कम्पनीको दाबी छ ।

वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख रुपैयाँ र अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ गरि कुल ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा वाइ वाइ र क्रिकेटको विकास सँगसँगै भएको उल्लेख गर्दै क्रिकेटको विकासका लागि वाइ वाइ सधै समर्पित रहने बताए ।

‘आजभन्दा २० बर्षअघि हामीले पुरूष अण्डर–१९मा लगानी ग¥यौँ जसको परिणाम अहिले नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपको मैदानमा खेलिरहेको छ,’ उनले भने, ‘अब महिला अण्डर–१९ मा लगानी गर्ने समय भएको छ । यसको नतिजा देशले छिट्टै पाउँनेछ ।’

क्यानका सचिव एवं पूर्व कप्तान पारश खड्काले आफु वाइ वाइको जर्सी लगाएर यू–१९ विश्वकपमा खेलेको स्मरण गर्दै नेपालको क्रिकेटको विकासका लागि वाइ वाइको योगदान अतुलनीय रहेको बताए ।