back
stc
prabhu insurance

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभाबाट हकप्रदको प्रस्ताव अनुमोदन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिले पेस गरेको प्रस्ताव पारित गरेको छ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। चुक्तापुँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेखन गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।