प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ५ लाख बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीले आज २ वटा सूचना प्रकाशित गरी विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ५ लाख ६२ हजार ४२५ कित्ता शेयर बिक्रीमा राखेको हो।
एउटा सूचनामा ४ लाख २३ हजार ७२५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको र यसमा सर्वसाधारणले खरिदका लागि निवेदन दिन सक्ने जनाएको छ।
यसअघि यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिन समय दिएर खरिद गर्न निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
तर, संस्थापक शेयरधनीबाट निवेदन नपरेपछि आज फेरि ७ दिनको समय दिएर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
इच्छुक सर्वसाधारणले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।
यसैगरी कम्पनीको अर्को सूचना प्रकाशित गरी १ लाख ३८ हजार ७०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यो शेयरमा भने हाललाई कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।
इच्छुक संस्थापक शेयरधनीले तोकिएको मितिभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।
वि.सं.२०८१ असार ६ ०८:४५


















