back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकले बेस्ट एक्सचेञ्ज हाउसको इजाजतपत्र खारेज गर्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेस्ट एक्सचेञ्ज हाउसको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको बेस्ट एक्सचेञ्ज हाउसले बैंकबाट प्रदान भएको मनिचेञ्जर इजाजतपत्र स्वेच्छिक रूपमा खारेज गर्नका लागि निवेदन दिएको छ ।

मनिचेञ्जर कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन (मनिचेञ्जरसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा सम्पर्क गर्न भनेको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा निवेदकको मागबमोजिम इजाजतपत्र खारेज गरी बैंक जमानत फुकुवा हुने जनाएको छ ।