सरकारले आन्तरिक स्रोतबाट १० अर्ब रुपैयाँ ऋण उठाउँदै
काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरी आन्तरिक ऋण उठाउन लागेको हो ।
कार्यालयका अनुसार ७ वर्ष अवधिको ‘विकास ऋणपत्र-२०९०’ बोलकबोलमार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रका लागि असोज १४ गते बोलकबोल गरिनेछ भने असोज १५ गते निष्कासन गरिनेछ ।
इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकसमेत सहभागी हुन सक्ने कार्यालयले जनाएको छ ।
वि.सं.२०८३ असोज १३ ०७:४९




















