back
stc
prabhu insurance

लगानी सम्मेलनले निजी क्षेत्रको मनोबल वृद्धि भएको छः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनले विदेशी लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तरमा अर्थमन्त्री पुनले लगानी सम्मेलनका कारण निजी क्षेत्रको मनोबल वृद्धि भएको र सम्भावित विदेशी लगानीकर्ताहरूसँग प्रत्यक्ष भेटघाट भएको भन्दै यसले लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको बताएका हुन्।

लगानी सम्मेलनको सन्दर्भमा लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएको उनले बताए। उनले संविधानमा भएका व्यवस्था अनुसार नै संसदको सुझावलाई समेटेर बजेट तयार गरिएको जानकारी दिए।

मन्त्रालयगत बजेट विनियोजनको आधार पनि प्रचलित व्यवस्था र मापदण्डलाई टेकेर नै निर्धारण गरिएको उनले बताए।