back
prabhu insurance
himalayanlife

मुक्तिनाथ विकास बैंकले शुरू गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा शुरू गरेको छ । बैंकले फोन–पेसँगको सहकार्यमा यो सेवा शुरू गरेको हो ।

यो सेवा शुरू भएपश्चात भारतका ग्राहकहरूले भिम र फोन–पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट सेवा लिन सक्नेछन्

मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी  गर्न सकिने व्यवस्था मिलाइएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता सेवा घरबाटै लिन सकिने बैंकले जनाएको छ ।

‘यस प्रकारका सेवाले भारतीय पर्यटकलाई नगद बोक्ने झन्झटबाट मुक्त गर्छ,’ उनले भने, ‘नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।’