back
prabhu insurance
himalayanlife

सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ६ हजार ८४८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

यसअघि यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि अहिले सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

बिक्रीमा राखिएको शेयर खरिदका लागि सर्वसाधारणले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। यसका लागि ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौंको नक्सालस्थित शेयर रजिस्ट्रार कुमारी क्यापिटलमा निवेदन दिन सकिनेछ।