back
stc
prabhu insurance

माग पुरा नगरेको भन्दै बंगलादेशमा विद्यार्थीले पुनः आन्दोलन सुरु गरे

सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटममा पनि माग पुरा नभएको भन्दै बंगलादेशका विद्यार्थीहरुले पुनः आन्दोलन सुरु गरेका छन् ।

विद्यार्थीहरुले आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने अधिकारीको बर्खास्ती र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी संगठनले सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए ।

समयसिमा भित्र माग पुरा नभएको भन्दै विद्यार्थीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् । विद्यार्थीको आन्दोलन चर्किएपछि गत साता सर्वोच्च अदालतले आरक्षणलाई अवैध ठहर गर्ने फैसला गरेको छ ।

अदालतको फैसलापछि विद्यार्थी संगठनहरुले सरकारलाई अन्य मागहरु पुरा गर्न अल्टिमेटम दिएका थिए । आन्दोलनका क्रममा एक सय ५० को मृत्यु भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन् ।