back
stc
prabhu insurance

नेपाली सेनाका उपरथी सहितको १२ जनाको सैनिक टोली लागे अमेरिका

काठमाडौं । नेपाली सेना, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु रहेको जम्बो टोली अमेरिका गएको छ। अमेरिकाको हवाईमा सञ्चालन हुन लागेको पाँचौ स्थल सेना सम्बन्धी सम्मेलनमा भाग लिन १२ जनाको टोली आज बेलुकी त्यसतर्फ उडेको छ।

उपरथी कृष्णदेव भट्ट नेतृत्वको टोली कोरियन एयलाइन्सको उडान नम्बर केई ६९६ मा साँझ कोरियाको सिओल हुँदै होनेलुलु गएको छ। भ्रमणदलमा सहायक रथीहरु मानबहादुर महरा, रविन्द्र खत्री, प्रेमबहादुर पुन, पवनकुमार खड्का छन्।

त्यसैगरी महासेनानी सुवाष थापा तथा प्रमुख सेनानीहरु खगेन्द्रराज थापा, शैलेन्द्र बस्नेत, सुदिपकुमार तामाङ पनि त्यसतर्फ उडेका हुन्।

टोलीमा सेनानी डोलराज श्रेष्ठ, रक्षा मन्त्रालयका उपसचिव भुवन पाण्डे र परराष्ट्र मन्त्रालयका उपसचिव जिमसन रुम्दाली राई पनि सेनाको सम्मेलनमा भाग लिन गएको बताइएको छ।