back
prabhu insurance
himalayanlife

गोरक्ष हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आगामी असोज ३ गते

काठमाडौं । असोज ३ गते गोरक्ष हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आगामी आह्वान गरिएको छ।

भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० र आर्थिक वर्ष ०८०/८१ को साधारण सभा बोलाउने निर्णय गरेको हो।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रगति विवरण प्रस्तुत गर्नेछन् भने आर्थिक वर्ष ०७९/८० र ०८०/८१ के वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गरिनेछ।

त्यस्तै, आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, संस्थापक समूहमध्येबाट ३ जना र एक व्यवसायिक विज्ञसहित सञ्चालक चयन गरिने छ।

कम्पनीको अधिकृत पुजी वृद्धि गरी १ अर्ब ७० करोड पुर्याउने विशेष प्रस्ताव पेस गरिने भएको छ भने तत्कालीन जारी पुजी वृद्धि गरी १ अर्ब ३० करोड कायम गरिने भएको छ।

त्यसका लागि आइपिओ जारी गर्ने तयारी कम्पनीको छ। आइपि‍ओसँग सम्बन्धित काम अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइने एजेण्डा पनि साधारण सभामा छ।

साधारण सभा बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बोलाउने निर्णय गरेको हो।