back
stc
prabhu insurance

नेपाल–माल्टा सम्बन्धको ४१औँ वार्षिकोत्सव मनाइयो

काठमाडौं । नेपाल–गणतन्त्र माल्टाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४१औँ वार्षिकोत्सव तथा माल्टाको ६० औँ स्वतन्त्रता दिवस एक समारोहको आयोजना गरी मनाइएको छ।

आज यहाँ आयोजित समारोहमा गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले स्वागत गर्दै नेपाल–माल्टाबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै गएको उल्लेख गरे। साथै उनले पछिल्लो समय माल्टामा नेपालीहरूको संख्या बढ्दै गएको र नेपाली नागरिकको कामको प्रशंसा समेत गरे।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, संघीय सांसद, गणतन्त्र माल्टाका गैरआवासीय राजदूत गौसी, माल्टाका अवैतानिक वाणिज्यदूत दिनेश श्रेष्ठ, विभिन्न मुलुकका अवैतानिक वाणिज्यदूत, उद्योगी, व्यावसायी लगायतको उपस्थिति थियो।

सो अवसरमा नेपाल–माल्टा सम्बन्धको वृतचित्र प्रदर्शन गरिनुका साथै नेवारी संस्कृतिका कुमारी र भैरव नृत्यको देखाइएको गरिएको थियो।

सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। युरोपको टापु राष्ट्र माल्टामा हाल करिब १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको तथ्यांक छ।