back
stc
prabhu insurance

 एभरेष्ट बैंकको प्रस्तावित लाभांश आजसम्म शेयर किन्नेले पाउने

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ आज असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

बैंकले आर्थिक वर्ष २०८/८१ लाभांश पारित गर्न ३० औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँको कुल १५.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

जसमा १० प्रतिशतले हुन आउने १ अर्ब १७ करोड ६७ लाख ९० हजार ३८८ रुपैयाँ बराबरको बोनस शेयर र कर सहित ५.५३ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ६५ हजार ८५ रुपैयाँबराबरको नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ। साधारणसभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्न नियमावलीको नियम २८ (१) (ग) सोही बमोजिम संशोधन गर्ने प्रस्ताव पातिर गर्नेछ।