back
prabhu insurance
himalayanlife

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ८८ हजार १८३ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीले विभिन्न १३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको सो शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको हो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकिएको छ।

शेयर किन्न इच्छुक संस्थापकले पुस २१ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु वा पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।