back
prabhu insurance
himalayanlife

युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसका लागि  कम्पनीले  बिक्री  प्रबन्धकमा लक्ष्मी सनराइज  क्यापिटल  लिमिटेडलाई  नियुक्त गरेको छ ।

लक्ष्मी सनराइज क्यापिटलले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १०० रुपैयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ रकम बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेको छन् ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको  मेवा खोला जलविद्युत  आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।