back
prabhu insurance
himalayanlife

नेपाल ल्युब आयलले माघ २९ गते विशेष साधारणसभा डाक्यो

काठमाडौं । नेपाल ल्युब आयलले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले माघ २९ गते विशेष साधारण सभा डाकेको हो।

साधारण सभाले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद शेयर जारपछि प्राप्त पुँजीको उपयोग गर्ने अर्को विशेष प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ।

प्रस्तावित हकप्रद स्वीकृतपश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

यसअघि सञ्चालक समितिको बैठकमा एफपीओ वा हकप्रद जारी गरेर कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव लगिएको थियो।

तर, बैठकले एफपीओ सम्बन्धी प्रस्ताव खारेज गर्दै हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो।साधारण सभा ललितपुरको पुल्चोकस्थित द प्लाजामा बिहान ११ बजेबाट सुरु हुनेछ।