back
stc
prabhu insurance

सन नेपाल लाइफको सिनियर डीसीईओमा कवि फुयाँल नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। कम्पनीले फुयाँललाई सिनियर डीसीईओमा नियुक्त गरेको हो।

यसअघि फुयाँल आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए। आइएमई लाइफमा गत भदौ ७ गतेदेखि दोस्रो कार्यकाल सुरु हुनु १ दिन अघिमात्र उनले राजीनामा दिएका थिए।

फुयाँलले नेतृत्व सम्हालेपछि आइएमई लाइफलाई शीर्ष जीवन बीमकको सूचीमा पुर्याउन सफल भए। उनले कुल व्यापारको आकार वृद्धिमा वैदेशिक रोजगार म्यादी बीमालाई मात्र प्राथमिकतामा राखेनन्, सावधिक प्रकृतिका परम्परागत बीमालेखको बिक्रीलाई पनि सन्तुलित रुपमा अघि बढाए।

सन नेपाल लाइफका लगानीकर्ताले फुयाँलको नेतृत्वमा कम्पनीलाई वैदेशिक रोजगारी म्यादी बीमामा लिडर कम्पनीका रुपमा कायम राख्दै अन्य पोर्टफोलियोमा पनि अघि बढाउने अपेक्षा गरेका छन्।