back
stc
prabhu insurance

सुनको भाउमा एकैदिन रु ४६०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको हो। हिजो बुधबार प्रतितोला छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।