back
stc
prabhu insurance

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८ औँ वार्षिक साधारणसभा आज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज वैशाख २८ गते हुँदैछ ।

कम्पनीले वार्षिक साधारण सभा र लाभांश प्रयोजनार्थ बैशाख १७ गते बुक क्लोज गरेको थियो । बैशाख १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। जस अनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

साधारण सभाले सञ्चालक समिति तथा अन्य समिति तथा उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गर्नेछ।

साधारण सभाले प्रबन्धपत्र र नियमावली संशोधनमा सम्बन्धित निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ। यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव साधारण सभाले पारित गर्नेछ। साधारण सभा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा बिहान १० बजे शुरु हुनेछ।