back
prabhu insurance
himalayanlife

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा जेठ २५ गते

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोमिज चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४.५० प्रतिशत बोनस शेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसर्थ जेठ १० गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। साधारण सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे