back
stc
prabhu insurance

हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीहरूलाई बोनस शेयर बापतको कर तिर्न आग्रह

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई बोनस शेयर बापतको कर तिर्न आग्रह गरेको छ।

इन्स्योरेन्स कम्पनीको गत फागुन ११ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको हो।

माघ २४ गतेसम्म कायम शेयरधनीहरूले इन्स्योरेन्स कम्पनीको बोनस शेयर प्राप्त गरेका छन्। कर तिरेपछि मात्रै बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइने इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ।

साथै माघ २४ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले कर तिरेर ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फकुवा पत्र पेश गरेपछि बोनस शेयर डिम्याट खातामा पठाइने जनाएको छ। इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएर कारोबारमा समेत आइसकेको छ।