असार १ गतेदेखि राप्ती हाईड्रोले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । असार १ गतेदेखि राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ५ गतेसम्म कम्पनीको साधारण शेयर खरीद गरेका लगानीकर्ताले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। यसमा यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ
यस हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कर्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ।
साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।
त्यसैगरी धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
वि.सं.२०८२ जेठ १४ ०७:५४




















